टाइगर कप: आर्मी र एपिएफ फाइनल प्रवेश

पाेखरा | माघ १२, २०७९

टाइगर कप: आर्मी र एपिएफ फाइनल प्रवेश

पोखरा:  पोखरामा सञ्चालन भइरहेको टाइगर कपमा  महिला तर्फ विभागिय क्लब एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरेको छ । 


पोखरा रंगशालामा भएको आज भएको महिला तर्फको पहिलो सेमिफाइनल खेलमा नेपाल एपिएफ क्लबले आयोजक गण्डकी प्रदेशलाई ३–० को सेटमा पराजित गर्दै फाइनल प्रवेश गर्न सफल भएको हो । 


एपिएफले गण्डकीलाई २५–१३, २५–१७ र २५–२१ ले पराजित गर्दै फाइनल प्रवेश गर्न सफल भएको हो । यस्तै गण्डकी प्रदेश लिग र नकआउट गरी सबै चार खेलमा हार बेहोर्न पुग्यो । गण्डकीले समूह चरणमा एपिएफ, आर्मी र होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्र्स क्लबसँग हार बेहोरेको थियो ।


यस्तै दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्स क्लबलाई पराजित गर्दै फाइनलमा एपिएफ क्लबसँग भेट पक्का गरेको छ । 


पहिलो सेट २३–२५ ले गुमाएको आर्मीले २५–१३, २५–२२ र २५–१२ ले विजयी हुँदै फाइनल प्रवेश गरेको हो । 


फाइनलमा एपिएफ र आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । तृतिय स्थानका लागि आयोजक गण्डकी प्रदेश र होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्स क्लब बीच प्रतिस्पर्धा हुनेछ ।  अहिले पुरुषतर्फको खेल भईरहेको छ ।

 
टाइगर गु्रप अफ पोखरा नेपालको आयोजनामा सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ ।


महिला/पुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई रु ५/५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने संस्थाका सचिव नेपालीले बताए । 


त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट  एक–एक खेलाडीले जनही समान नगद रु २५/२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०/१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्